नि: सन्तान दम्पतीको कथामा ‘दयारानी’ ट्रेलर


दयाहाङ राई र दिया पुन मुख्य भूमिकामा रहेको चलचित्र ‘दयारानी’ को ट्रेलर सार्वजनिक भएको छ। माघ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र को ट्रेलरले नि: सन्तान दम्पतीको कथा बोलेको छ। माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा दयाहाङ राईले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएर त्यसको दोष श्रीमती (दिया) माथि लगाएका छन्। तर एक युवती दयाको बच्चाको आमा बन्ने भन्दै आएपछि सृजना भएको स्थितिलाई ट्रेलरमा चित्रित गरिएको छ।

चलचित्रमा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङ लगायतको पनि अभिनय छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चर निर्माता रहेको चलचित्रमा रामबाबु गुरुङ्ग र अपिल बिष्ट कार्यकारी निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्