दयाहाङ राईका चलचित्र सेड्युल: सुटिङ्ग र रिलिजलाई समय मिलाउन सकस


अभिनेता दयाहाङ राई नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल र व्यस्त नायक हुन्। उनको पाइपलाईनमा रिलिज र सुटिङ्गका दर्जनौ चलचित्र रहेका छन्। बर्षौ अगाडी सुटिङ्ग भएका चलचित्रको रिलिज र बर्षौ अगाडी नै कल्पना गरेका चलचित्रका सुटिङ्गको बीचमा नयाँ चलचित्र संगको उनको व्यस्तता गज्जबको रहेको छ। उनी अभिनित दुई चलचित्र माघ २६ मा रिलिज हुदैछन् । करिब ५ बर्ष अगाडी सुटिङ्ग गरिएको चलचित्र ‘दयारानी’ र केहि समय अगाडी खिचिएको चलचित्र ‘हात्तीछाप एकसाथ रिलिज हुदैछन्। यो दुवै चलचित्रको प्रमोशनका लागी उनले १ दिन छुट्याए।

अमेरिकामा चलचित्र ‘भुठान’ को सुटिङ्ग सकेर नेपाल आएर एक दिनको समय प्रमोसनलाई दिएर उनि चलचित्र ‘मनसारा’ को सुटिङ्गमा जोडिएका छन्। दुई चलचित्रको प्रमोसनको चाँजोपाँजो पनि ४ दिन अमेरिकाको बसाई घटाएर दयाले मिलाएका थिए। पाँचथरको एक मेलामा चलचित्रका दृश्य खिच्नु पर्ने भएकाले फागुनको २४ गतेसम्म त्यहा पुग्नुपर्ने दबाबमा टिम रहेको छ। यो चलचित्रको सुटिङ्ग लगत्तै ‘घरज्वाई’ टिम उनलाई पर्खेर बसेको छ। ‘डिग्री माईला’ पोष्ट प्रोडक्सनको काममा रहेको छ। नयाँ बर्षमा यो चलचित्र रिलिज हुनेछ। बैशाख २१ गते मनसारा रिलिज हुनेछ। दयाले झन्डै २२ चलचित्रको सुटिङ्ग २०८१ मा सक्ने बताईएको छ। अब रिलिजको लिष्ट दयासंग नसोधे हुन्छ।


यो अस्तव्यस्त बनेको सेड्युललाई पनि दयाले सरल बनाउने कोसिस गरिरहेका छन्। अव कतिसम्म भने परिवारको लागी सोचेजस्तो समय दिन नसक्नु आफ्नो ठाउँमा छ तर यो धपेडीले उनलाई प्रेसरको दबाई खाने बनाएको छ। उनले १ बर्षसम्म नयाँ चलचित्र सम्झौता नगर्ने बताएका छन्। तर उनलाई आफै गार्हो छ यो बीचमा उनले सम्झौता गरेका कति चलचित्र घोषणा हुने हुन्। धेरै निर्माता उनकै समयको प्रखाईमा रहेका छन्। संघर्ष देखि सफलतासम्म दयाको एकै बानी छ: सरल, सहज अनि मिहेनती। सायद उनलाई यो स्थानसम्म पुर्याउने कारण पनि यहि हो।

प्रतिक्रिया दिनुहोस्