मिरुना मगर: असफलतालाई चिर्दै हिटको ह्याट्रिक, लिष्टमा छन् आधा दर्जन चलचित्र


‘लालपुर्जा’ डेव्यु गर्ल मिरुना मगरको बेलायत बसाई सुखद रहेको थियो। सेटल परिवारमा आफ्नो अध्ययन र भविस्य मिरुनाको सेट थियो। कला क्षेत्रको परिवारमै हुर्किएकी मिरुनालाई नेपाली चलचित्रमा रुचि थियो। बेलायतमा नै हुने चलचित्रका कार्यक्रम संचालन गर्ने देखि उतै प्रिमियर भएका चलचित्रका अडियन्सको रिभ्यु लिने काम सम्म मिरुनाले गरिन्। सायद यस्तै कुराले होला मिरुनालाई नेपाल र नेपाली चलचित्र क्षेत्रसम्म डोर्यायो। सेवाको काममा नेपाल आएकी मिरुनालाई अभिनयको रहर पुरा गर्न मन लाग्यो । अभिनयको क्लास लिईन्।

लालपुर्जाबाट डेव्यु गरेकी मिरुनाको सुरुवाती यात्रा सहज बनेन। रोज, साइनो र चच हुइ लगातर ४ चलचित्र फ्लप बने। मिरुनाको अभिनयको प्रसंशा भए पनि बक्स अफिसको सकस मिरुनाको पछाडी थियो। ४ चलचित्रको फ्लप यात्रा तोड्दै मिरुनाले सफलताको ह्याट्रिक गरिसकेकी छिन्। नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाइ गरेको चलचित्र ‘कबड्डी ४’ ले मिरुनाको भाग्यरेखा बादलदियो। यसै बर्ष रिलिज भएका दुई चलचित्र हिट बने। ‘जारी’ यो बर्षको सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ भने ‘नाङ्गो गाउँ’ बर्षको हिट चलचित्रमा रहेको छ।

मिरुनाको अभिनय रहेको चलचित्र ‘रङ्गेली’ फागुन महिनामा रिलिज हुदैछ। बैशाख २१ गते मनसारा रिलिज हुदैछ। घर ज्वाई, उनको स्विटर र गाउँ नै रमाईलोको लागी मिरुनाले समय दिनुपर्नेछ। यी चलचित्रमा मिरुना दयाहाङ राई , विपिन कार्की र आर्यन सिग्देलसंग स्क्रिन शेयर गर्दैछिन्।
मिरुनाले आफ्नो धैर्यता तोडिनन्। मिहेनत र आफु माथिको भरोसा टुट्न दिइनन्। सायद त्यसैले होला सरल मिरुनाको करियार यात्रा सरल र सहज रुपमै अगाडी बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्