श्रेणी खतिवडासंग गौरव पहारीले कसे लगनगाँठो


अभिनेता गौरव पहारी विवाह बन्धनमा बाधिएका छन्। प्रेमिका श्रेणी खतिवडासँग गौरवले आइतबार नर्लिङ्ग रिसोर्टमा विवाह गरेका हुन्।

असोज ३ गते इन्गेजमेन्ट गरेको यो जोडीको विवाहमा दुवै परिवार, आफन्त र केहि फिल्मकर्मीको उपस्थिति रहेको थियो। साइँला’ उपनामले परिचित गौरवले मन्जरी, होस्टेल, उत्सव, गाजल’, साइँली, रातो घर, छक्का पञ्जा २ लगायत चलचित्रमा अभिनय गरेका छन्। श्रेणी जुम्बा प्रशिक्षक हुन्।

प्रतिक्रिया दिनुहोस्