A vertical shot of the black cat in the dark darkness

फागुनको तेश्रो हप्ता पहिलो सन्तानलाई जन्म दिदै रेखा थापा


नेपाली चलचित्र क्षेत्रकि सर्वाधिक सफल अभिनेत्री हुन् रेखा थापा। हिरो उपमाले परिचित थापा आमा बन्ने तयारीमा रहेकी छिन्। प्रेमी बलराम शाही ठकुरीसंग प्रेम विवाह गरेकी रेखा यतिबेला अमेरिकामा छिन्। श्रीमानको परिवारसंग आफ्नो पहिलो सन्तानलाई रेखाले जन्म दिनेछिन्।

रेखा थापाको पहिलो बच्चाको डेट फागुन १८ अर्थात् मार्च १ मा डाक्टरले दिएको बुझिएको छ। यदि डाक्टरले दिएको डेटमा नै रेखाको पहिलो सन्तानको जन्म भएमा त्यसो अर्को हप्ता दर्शकका लागी रेखाले तयार पारेको उपहार रिलिज हुनेछ। प्रेग्नेन्सीको समयमा नै सुट भएको चलचित्र उपहार फागुन २५ मा रिलिज हुदैछ। यो रेखाले निकै आशा गरेको चलचित्र हो। यसरि हेर्दा एक हप्ताको अन्तरलमा रेखाले दुइ उपहार दर्शकले प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्