पोष्टरमा यस्तो देखियो बिपिन र मिरुनाको ‘उनको स्विटर’


निर्देशक नविन चौहानको निर्देशनमा तयार हुने चलचित्र ‘उनको स्विटर’ को पहिलो झलक सार्वजनिक भएको छ । गीत मार्फत नै सुन्दर कथा भन्नको लागी माहिर मानिएका चौहानको डेव्यु निर्देशनमा तयार हुने चलचित्रमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा रहनेछन्।

९० को दशकतिर फोटो खिच्ने ट्रेन्डलाई प्रतिबिम्बित गरिएको पोष्टरमा विपिन उभिएर हँसिलो मुद्रामा देखिएका छन् भने मिरुना बसेकी छिन्। आगामी बैशाखबाट छायांकनको तयारी गरिएको चलचित्रमा माओत्से गुरुङ, एलेक्स विश्वकर्मा (पारस), परीक्षा लिम्बु, अनिल सुब्बा, सुरज तमु, मिलन खत्री, अरुण पुन मगर लगायतको अभिनय रहेनछ। आर्टमान्डुले निर्माण गर्ने चलचित्रमा सुजन चापागाई र र कोविद बज्रको संगीत रहनेछ।

प्रतिक्रिया दिनुहोस्