अष्ट्रेलियाबाट ‘उपहार’ को डबिङ गर्दै सुष्मा कार्की


अभिनेत्री सुष्मा कार्की हाल अष्ट्रेलियामा रहेकी छिन्। आगामी फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘उपहार’ को डबिङ अभिनेत्री कार्कीले अष्ट्रेलियाबाट नै गरिरहेकी छिन्।

अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन्। उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा ज्ञानेन्द्र देउजाको निर्देशन रहेको छ।

चलचित्र रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन लगायतको पनि अभिनय छ । सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको चलचित्रमा बलराम शाही ठकुरी कार्यकारी रहेको छन्। विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ।

प्रतिक्रिया दिनुहोस्