A vertical shot of the black cat in the dark darkness

फिट अनि व्यस्त प्रियंका कार्की (फोटोफिचर)


अभिनेत्री प्रियंका कार्कीको पछिल्लो समयको व्यस्तता निकै लोभलाग्दो रहेको छ। प्रेग्नेन्सीपछिको कमब्याकलाई प्रियंकाले निकै व्यस्त बनाउदैछिन्। उनले दुई रियालिटी शो सम्पन्न गरिसकेकी छिन्।

मुन्द्रेको कमेडी क्लबमा उनी व्यस्त रहेकी छिन्। यो बीचमा म्युजिक भिडियो र ब्राण्डसंगको काममा पनि उनको व्यस्तता आकर्षक रहेको छ । उनी साम्तेन भुटियासंग एक छोटो चलचित्रमा काम गर्दैछिन्। यो लगत्तै उनी होम प्रोडक्सन बाट एक्सन चलचित्र निर्माण गर्ने तयारीमा रहेकी छिन्।

यसका लागी उनी एक्सन सिकिरहेको समेत बुझिएको छ। यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्ने चर्चा रहेको छ। प्रियंका अर्को एक चलचित्रको निर्माण तयारीमा समेत रहेको बुझिएको छ।


केहि दिन अगाडी अभिनेत्री प्रियंका ‘उप्स’ नामक फन पार्कको उद्घाटनमा पुगेकी थिइन्। आफुलाई फिट राखेकी प्रियंका चलचित्रको स्क्रिप्ट सेलेक्सनमा ध्यान दिईरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्