A vertical shot of the black cat in the dark darkness

सकियो ‘मनसारा’ सुटिङ्ग, लिम्बू पहिरनमा मिरुना सजिदा धान नाच नाच्दै दयाहाङ


उपेन्द्र सुब्बाको डेव्यु निर्देशनमा तयार भएको चलचित्र ‘जारी’ बर्षकै सुपरहिट चलचित्र बन्यो। दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्रले लिम्बू संस्कृतिको कथा बोलेको थियो। यिनै तीन जनाको टिमअपले फेरी नयाँ चलचित्र ‘मनसारा’ निर्माण गरेको छ ।

बैशाख १ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रको सुटिङ्ग सम्पन्न भएको छ। पुष २१ गतेबाट सुरु भएको सुटिङ्ग ३० दिनमा ललितपुर, काठमाडौं हुँदै पाँचथर पुगेर प्याकअप भएको हो। दयाहाङ राई र मिरुना मगरले शनिबार चलचित्रको अन्तिम दृश्य सुटिङ्ग गरेका थिए। यो चलचित्रले पनि लिम्बू संस्कृति भित्रको कथा उठान गरेको सार्वजनिक तस्विरबाट आंकलन गरिएको छ। सार्वजनिक एक तस्विरमा दयाहाङ ढाकाटोपी र दौरा-सुरुवालमा धान नाच नाचिरहेका छन् । लिम्बू समुदायमा धान नाच निकै लोकप्रिय रहेको छ।

मिरुना मगर सार्वजनिक तस्विरमा लिम्बू पहिरनमा देखिएकी छिन्। चलचित्रमा प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी लगायतको अभिनय रहेको छ । चलचित्रको निर्मातामा छायांकार शैलेन्द्र ध्वज कार्की रहेका छन् । विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ चलचित्रको सह- निर्माताको रुपमा रहेका छन्। चलचित्र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको छ।

प्रतिक्रिया दिनुहोस्