‘हात्तीछाप’ हेरेपछि निश्चल र स्वस्तिमाले के भने ?


निर्देशक निश्चल बस्नेत चलचित्र निर्देशनको मामिलामा अलिक सजक छन्। एक चलचित्र निर्देशनका लागि बर्षौ खर्चिने गर्दछन्। त्यसको उदाहरण हो दिमाग खराब निर्देशनमा उनले लगाएको ७ बर्ष। सोहि कारण पनि उनि चलचित्र हेर्दा र प्रतिक्रिया दिँदा अलिक बढी क्रिटिकल हुने गर्दछन्। यहि कुरा चलचित्र ‘हात्तीछाप’ मा पनि देखियो। प्रिमियरको उपस्थित हुन् नसकेका निश्चल र अभिनेत्री स्वस्तिमा खड्काले शनिबार चलचित्र ‘हात्तीछाप’ हेरेका थिए।

उनले चलचित्र मनोरन्जनात्मक बनेको प्रतिक्रिया दिए। उनले चलचित्र अझै राम्रो बन्न सक्ने प्रतिक्रिया समेत दिएका छन्। निश्चल भन्छन्, ‘हात्तीछाप’लाई मनोरञ्जनात्मक फिल्म भनेका छन् । उनले भने–‘मलाई फिल्म ठिकै लाग्यो । अझै राम्रो हुन सक्थ्यो भन्ने लागेको छ । तर, फिल्म निकै रमाइलो छ । हेर्दा ठाउँ ठाउँमा हसाँइरहेको थियो ।’ अभिनेत्री खड्काले भने दयाहाङ राई र सौगात मल्लको काम गर्ने तरिका फरक फरक रहेको र आफु सधै प्रसंशक रहेको बताईन्। किरण नेपालको प्रस्तुतीमा सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र देशभर प्रदर्शन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्