‘स्वस्थानी भर्सेस ग्याङ’ बैशाख १ गतेबाट


नेपालको चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले नयाँ वेब सिरिजको निर्माण गरेको छ। ‘स्वस्थानी भर्सेस ग्याङ’ शिर्षक राखिएको सिरिज बैशाख १ गतेबाट स्ट्रिमिङ हुनेछ। निर्माण टिमले विभिन्न पोष्टर सार्वजनिक गर्दै सिरिज बारे जानकारी दिएको छ ।

‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एण्ड आई’ सफलताको साथ निर्माण गरेको प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’ सँगको सहकार्यमा यो सिरिज ल्याउन लागेको हो । सरिन पोख्रेलको कथा, पटकथा र निर्देशन रहने सिरिजको निर्मातामा सरोज अधिकारी र सागर खनाल रहेका छन् । विजय अधिकारी सिरिजको कार्यकारी निर्माताको रुपमा रहेका छन्।

आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याल लगायतको अभिनय सिरिजमा रहनेछ। । एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानल बाट दर्शकले हेर्न पाउनेछन्। सिरिजमा स्वस्थानीको भूमिकामा आश्मा विश्वकर्माको अभिनय रहनेछ ।सिरिज १० एपिसोडको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्