पुष्प र गीताको रोमान्टिक गीत ‘नपार दोधार’


रानी शाक्य र रोशन बलुवाको आवाजमा रहेको ‘नपार दोधारमा’ गीत सार्वजनक भएको छ। विक्रम केसीको शब्द रहेको गीतमा रोशनको संगीत रहेको छ। रोमान्टिक भावको गीतमा पुष्प खड्का र गीता ढुंगानाको अभिनय रहेको छ। मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा बनेको यो गीतको भिडियोमा वीरेन्द्र भट्टको छायांकन र विकास ज्ञवालीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्