आंचल शर्मासंग रोमान्टिक दयाहाङ राई (भिडियो)


चलचित्र ‘डिग्री माइला’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुस्त सुस्त’ बोलको गीतमा दयाहाङ राई र आंचल शर्मा रोमान्टिक मुडमा देखिएका छन्। एसडी योगी र बिज्ञानी पराजुलीको स्वर रहेको गीतमा एसडीको संगीत र दिलु चम्लागाईको शब्द रहेको छ।


रेनेशा वान्तवा राईको कोरियोग्राफिक निर्देशन रहेको भिडियो रोमान्टिक बनेको छ । अभिनेता दयाहाङ पहिलोपटक यति रोमान्टिक मुडमा देखिएका हुन्।

गीतहरुमा उति सजिलै खुल्न नसक्ने दयालाई रेनेशाले मज्जाले प्रस्तुत गरेकी छिन्। अभिनेत्री आंचल शर्माले दयालाई साथ दिएकी छन् । दुवैको यो पहिलो सहकार्य हो। रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र नयाँ बर्षमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्