दयाहाङ र मिरुनाको प्रेम झल्किएको ‘रङ्गेली’ गीत


फागुन २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रङ्गेली’ को नयाँ गीत सार्वजनिक भएको छ। रोमान्टिक गीत ‘घामले तारा’ मा निशान भट्टराई र अन्नु चौधरीको स्वर, हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर प्रस्तुत रेहको गीतको भिडियोमा उनीहरु चलचित्रको क्यारेक्टरमा नै देखिएका छन्। शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा मिरुना थारु युवतीको भूमिकामा देखिएकी छन् भने दया रफटफ भूमिकामा देखिएका छन्। सुसान प्रजापतिले भिडियोलाई आकर्षक हिसाबले खिचेका छन्।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्