दया र मिरुनाको ‘रङ्गेली’ मा आर्यनको सप्राइज, यस्तो छ लुक्स


अर्जुन सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘रङ्गेली’ को व्यापार ठीकठाक रहेको छ। २ घण्टा ५५ मिनेट लामो ग्याङ्गस्टार चलचित्रलाई हेर्ने दर्शक र सेलिब्रेटीले सकारात्मक प्रतिक्रिया दिईरहेका छन्। दयाहाङ राई र मिरुना मगरको जोडीलाई केहि फ्रेस कथामा दर्शकले देख्न पाएको कारण पनि यो केहि नौलो स्वाद दर्शकका लागी हुन् सक्छ। यो चलचित्रमा केमियो भूमिकामा आर्यन सिग्देल रहेका छन्।


अब चलचित्रको अर्को भागमा आर्यन र दयाको लडाई हुनसक्ने संकेत चलचित्रको क्लाइमेक्सले दिएको छ। आर्यनको लुक्स सार्वजनिक रुपमा निर्माण टिमले लुकाईरहेको थियो। अब भने उनको लुक्स सार्वजनिक भएको थियो । चलचित्र रिलिज पछि सार्वजनिक भएको उनको लुक्स भयानक बनाइएको छ। रङ्गेली’मा दयाहाङ राई , मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता, युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्