A vertical shot of the black cat in the dark darkness

श्रीमान् संग केकीको रोमान्टिक होली (फोटोफिचर)


अभिनेत्री केकी अधिकारीले आफ्नो होली श्रीमान रोहित तिवारीसंग मनाएकी छिन्। मिडियामा खासै देखिन नरुचाउने रोहित र केकीले यो पटकको होलिमा भने मिडियालाई खुलेर पोज दिए।

लजालु स्वभावका रोहित र केकी संगै होली खेल्दा मिडियाको अगाडी लजाएका थिए । एक अर्कालाई रंग दल्दै केकी र रोहितले होलीको शुभकामना साटेका थिए। केहि बर्षको प्रेमलाई दुवैले विवाहको नाम दिएका थिए। रोहित विजनेशम्यान हुन्।

‘बोक्सीको घर’ को बोक्सी लुक्स सार्वजनिक कार्यक्रममा दुवैले होली खेलेका हुन्। केकी अधिकारी प्रस्तुतकर्ता रहेको चलचित्रको लुक्स होली कार्यक्रमको अवसर पारेर होटल मल्लमा सार्वजनिक गरिएको थियो। होली खेल्न आएका दर्शकसंग केकी र माल्भिका सुब्बाले लुक्स सार्वजनिक गरेका थिए। सुलक्षण भारतीको निर्देशनमा तयार भएको चलचित्र बैशाख १४मा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्