‘डिग्री माइला’ ट्रेलरका संवाद हिट, दया र आंचलको फ्रेस जोडी कति होला फिट?


रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रहरु सधै चर्चामा रहने गर्दछन्। कबड्डी सिरिज देखि अन्य चलचित्रको प्रस्तुती र बोलिएका संवाद सधै चर्चामा रहने गर्दछ। रामबाबुको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘डिग्री माईला’ नयाँ बर्षको अवसर पारेर चैत्र ३० गतेबाट रिलिज हुँदैछ।

यो चलचित्रको ट्रेलरमा समावेश भएका संवादले यतिबेला दर्शकको मन जितिरहेको छ। सहरमा डिग्री पास गरेर गाउँ पुगेको दयाहाङ राईको रवाफ, बन्द हुन् लागेको क्याम्पस जोगाउन व्यवस्थापन समितिको दौडधुपमा समावेश भएका संवादहरु निकै रोचक रहेका छन्। प्रेमिका आंचल शर्मासंग दयाका संवाद पनि निकै पेचिला रहेका छन्।

ट्रेलर सार्वजनिक भए देखि नै संवादलाई दर्शकले रुचाईरहेका छन्। दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा ऋचा शर्मा बिशेष भूमिकामा रहेकी छिन्। यहि चलचित्र मार्फत दर्शकले दया र आंचलको नयाँ जोडी स्क्रिनमा देख्दैछन्। पछिल्लो समय दया र मिरुनाको जोडी लगातार देखिरहेका दर्शकका लागी यो जोडी फ्रेस हुनेछ। गज्जबको फ्यान फलोर्स कमाएका दया र आंचलको यो जोडी दर्शकले चलचित्रमा कुन रुपमा लिनेछन् त्यो चैत्र ३० गतेबाट थाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस्