A vertical shot of the black cat in the dark darkness

आगामी वर्षको माघमा ‘अञ्जिला’ रिलिज तय


मिलन चाम्सको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘अञ्जिला’ को प्रदर्शन मिति तय भएको छ। महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षबाट प्रेरित भएर निर्माण भएको चलचित्र आगामी बर्षको माघ ११ गतेबाट रिलिज हुनेछ। एञ्जिला नेपाली महिला फुटबल टिमको पहिलो रोजाईकी गोलरक्षक हुन्। उनको संघर्ष र सफलताको कथा निकै रोचक रहेको छ।

एञ्जिला स्वयंको मुख्य भूमिका रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, प्रेम कुमार श्रेष्ठ, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई लगायतको अभिनय रहेको छ। चलचित्रको टीम यतिबेला पोष्ट प्रोडक्सनको काममा व्यस्त रहेको छ। पोष्ट प्रोडक्सन र प्रचारको लागी प्रयाप्त समय दिने सोच सहित चलचित्रको रिलिज मिति माघलाई तोकिएको बताइएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘अञ्जिला’मा प्रेम कुमार श्रेष्ठ निर्माता तथा विनोद अग्रवाल र राजेश बगडिया सह-निर्मातामा छन् । सुदीप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र एञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित काठमाडौं र झापामा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्