पोष्टरमा हेर्नुहोस् दया र मिरुनाको ‘घरज्वाइँ’ पोस्टर


अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अहिलेको समयको सर्वाधिक रोजाइमा पर्ने जोडी हुन्। यहि जोडी मुख्य भूमिकामा रहेको चलचित्र ‘घरज्वाइँ’ को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेका दुई वटा पोष्टरमध्ये एक पोष्टरमा दया र मिरुना डोको बोकेर हिँडिरहेका छन्।

उनीहरु दम्पतीको भूमिकामा रहेको बुझ्न सकिन्छ । अर्को पोस्टरमा दयाहाङ काँधमा बन्दुक बोकेर हिंडेका छन् । घरज्वाइँ बस्ने परम्परामा आधारित भएर निर्माण भएको चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गरेका छन्। पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, कविता आले, बुद्धि तामाङ, खड्क बहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, विना थापामगर अभिनय रहेको चलचित्र पूर्वी रुकुम तकसेरामा छायांकन गरिएको हो । जिएम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र असार २८ गतेबाट प्रदर्शनमा आउंदैछ। चलचित्रमा जनक घर्ती मगर निर्मातामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्