A vertical shot of the black cat in the dark darkness

‘डिग्री माइला’ नयाँ गीत: दया र आंचलको नोकझोक र प्रेम


बर्षको अन्तिम दिन रिलिज तयारीमा रहेको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ दर्शकको लागी प्रतिक्षित चलचित्र रहेको छ। बर्ष २०८० को अन्तिम दिन बम्पर गर्दै २०८१ को उत्कृष्ट सुरुवात गर्ने आंकलन गरिएको चलचित्रलाई रामबाबु गुरुङ्गले निर्देशन गरेका छन्।


सोहि चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक भएको छ। हेमन्त रानाको शब्द, संगीत र गायनमा तयार भएको ‘किन’ बोलको गीत निर्माण टिमले रिलिज पुर्व सार्वजनिक गरेको हो। यो गीतमा चलचित्रका मुख्य पात्र दयाहाङ राई र आँचल शर्मालाई प्रस्तुत गरिएको छ। दुवैले चलचित्रमा निर्वाह गरेको पात्रको नोकझोकलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

शैक्षिक बेरोजगारीको कथा पेश गर्ने चलचित्रको मुख्य पात्रको भूमिकामा अभिनेता दयाहाङ राई फिचर्ड छन् । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको चलचित्रमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ निर्माताको रुपमा रहेका छन् । प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा ऋचा शर्मा बिशेष भूमिकामा रहेकी छिन् । नेपालसंगै अमेरिका र अष्ट्रेलियामा एकसाथ रिलिज हुन् लागेको चलचित्रको बम्पर ओपनिङ्ग हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्