दया र मिरुनाको जोडी: बर्षभरी नै चर्चा र सफलताको यात्रा


हरेक काल खण्डमा नेपाली चलचित्र क्षेत्रमा दर्शकको प्रिय जोडीहरु जन्मने गर्दछन् । राजेश करिश्मा देखि आर्यन- नम्रतासम्म दर्शकले रुचाएको जोडी हुन्। पछिल्लो समय दर्शकको रोजाइको जोडीको रुपमा दया र मिरुना रहेका छन्। २०८० मा सर्वाधिक हिट जोडीको रुपमा रह्यो दयाहाङ राई र मिरुना मगर। यो जोडीको चलचित्र रिलिज, सफलता, चर्चा र सुटिङ्गको व्यस्तता निकै लोभलाग्दो रह्यो।

बर्षको सुरुवातको दिन नै यो जोडी फिचर्ड चलचित्र ‘जारी’ रिलिज भयो। बर्षको सर्वाधिक सफल र ब्लकबस्टर चलचित्रको रुपमा जारि रह्यो। दया र मिरुनाको जोडी दर्शक र चलचित्र मेकरको पहिलो रोजाईमा पर्यो। कबड्डीको चौथो सिक्वेलमा दर्शकले पहिलोपटक स्क्रिनमा हेरेका थिए। जारीको सफलता पछि यो जोडीको डिमाण्ड चलचित्र क्षेत्रमा ह्वात्तै बढ्यो। ‘नाङ्गो गाउँ’ चलचित्रमा पनि दया र मिरुनाको जोडी देखिएको थियो। यो चलचित्र पनि सफल बन्यो। रङ्गेली व्यवसायिक हिसावले सफल बन्न सकेन तर दया र मिरुनाको जोडी यो चलचित्रमा पनि देखियो। यो बीचमा दया र मिरुनाले ‘मनसारा’ र ‘घर ज्वाई’ को सुटिङ्ग सम्पन्न गरे । दुवै चलचित्र बर्ष २०८१ मा रिलिज हुँदैछ। व्यवसायिक हिसाब र चर्चा दुवैको हिसाबले यो बर्ष दया र मिरुनाको जोडी सर्वाधिक चर्चामा रहयो।

प्रतिक्रिया दिनुहोस्