A vertical shot of the black cat in the dark darkness

जेठ १० को त्रिपक्षीय भिडन्त पक्का: ‘पुजार सार्की’ रिलिज तय


दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘पूजार सार्की’ जेठ १० मा रिलिज पक्का भएको छ। यो संगै जेठ १० गते त्रिपक्षीय भिडन्त पनि पक्का भएको छ। यो मितिमा अनमोल केसीको ‘फर्की फर्की’ र पूजा शर्माको ‘दान्भी’ रिलिज हुने पक्का रहेको छ। सार्वजनिक विदाको कारण जेठ १० गते बिहिबार चलचित्र रिलिज हुन् लागेका हुन्। तर अपेक्षा गरिएका तीन चलचित्र नै एकसाथ रिलिज हुँदा फाइदा कसैलाई देखिन्न। वितरक, निर्देशक, निर्माता र कलाकार सवैको इगो चलचित्र रिलिजको प्रतिष्पर्धामा देखिएको छ ।

‘पुजार सार्की’ स्टारकाष्ट, लुक्स र निर्देशकका कारण नै चर्चामा रहेको छ। पहिलोपटक आर्यन सिग्देल, प्रदिप खड्का र पल शाह चलचित्रमा एकसाथ देखिदैछन्। यी तीनै चकलेटी नायकको बद्लिएको लुक्स नै आकर्षक रहेको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रलाई सुभाष भुसालले निर्माण गरेका छन्। निर्माण टिमले चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो।

प्रतिक्रिया दिनुहोस्