आंचलसंग दयाको रोमान्टिक पोज (फोटोफिचर)


अभिनेता दयाहाङ राई र अभिनेत्री आंचल शर्माको जोडीलाई दर्शकले पहिलोपटक स्क्रिनमा देखिदैछन्। बर्षको प्रतिक्षित चलचित्र ‘डिग्री माइला’ मार्फत यो जोडी दर्शकमाझ प्रस्तुत हुदैछन्।

चैत्र ३० गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर र गीतले दर्शकमा उत्साह थपेको छ। यहि उत्साह दया र आंचलमा पनि देख्न सकिन्छ। यो बर्षका सर्वाधिक सफल नायक दया र चर्चामा रहेकी आंचल दुवैलाई निर्देशक रामबाबु गुरुङ्गले साथ चलचित्रमा प्रस्तुत गरेका हुन्।

निर्माण टिमले बिहिबार गरेको पत्रकार भेटघाटमा दुवै पुगेका थिए। लजालु दयासंग आंचलले खुलेर पोज दिएकी थिइन् । दुवैको जोडी आकर्षक देखिएको छ। फ्रेस जोडीलाई दर्शकले कुन रुपमा हेर्ने हुन् त्यो चैत्र ३० गतेबाट थाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस्