८ बर्षपछि प्रदिप र सुदर्शनको भेट, नयाँ चलचित्रको लागी दुवै तयार ?


निर्देशक सुदर्शन थापा र अभिनेता प्रदिप खड्का बीच सम्बन्ध सुमधुर नभएको बर्षौ भयो। ‘प्रेमगीत’ को सफल सहकार्य पछि सुदर्शन र प्रदिपको सम्बन्धमा दरार आयो । पानी बाराबारको स्थितिमा पुगेका यी दुई अव संगै सहकार्य गर्नको लागी तयार भएको छ । सन्तोष शेन क्याम्प बाट बाहिर निस्किएपछि प्रदिप लगातार चलचित्र गरिरेहका छन् र आफ्ना पुराना सम्बन्धलाई पनि सुधार गरिरहेका छन्।

सुदर्शनले प्रदिपसंगको तस्विर शेयर गर्दै ८ बर्षको ग्यापपछिको भेट उल्लेख गरेका छन्। उनले फोटो खिच्न र ब्रेकफास्टको लागी भएको भेट उल्लेख गरेका छन्। उनले शेयर गरेका तस्विरमा सम्झौता पत्र समेत रहेको छ। सम्झौता पात्रामा के छ त्यो उल्लेख नभए पनि दुवैले चलचित्रमा सहकार्य गर्ने बिषयमा केहि समयबाट छलफल भैरहेको छ । सोहि कारण पनि यो सम्झौता चलचित्रको लागी भएको अड्कलबाजी गरिएको छ।

सुदर्शन चलचित्र ‘रामायण’ को अन्तिम तयारीमा रहेका छन् भने प्रदिप लगातार चलचित्रको सेड्युल लिएर बसेका छन्।

प्रतिक्रिया दिनुहोस्