चलचित्र निर्माण गर्दै टंक, अशोक दर्जी प्रमुख भूमिकामा


सामाजिक संजालमा भाइरल हुँदै संगीतकार टंक बुढाथोकीको संरक्षणमा आएका अशोक दर्जी यतिबेला ठुलो भैसकेका छन् । उनको आनीबानी र जीवन शैली पहिले र अहिलेमा धेरै फरक रहेको छ। यसको श्रेय टंकलाई जान्छ।


अशोकको आवाजमा टंकले गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत सार्वजनिक गरे । यो अशोकको करियरको सुरुवात र टंकको दोश्रो इनिङ्गसको सुरुवात भएको थियो। यहि सफल गीतको टाइटललाई लिएर टंकले चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्रको स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका छन्। शिवमले चलचित्रको स्क्रिप्ट बुधबार टंकलाई बुझाएका छन्।

भिडियोलाई आफै निर्देशन गरेका टंक चलचित्र आफै निर्देशन गर्ने सोचमा रहेका छन्। चलचित्रको प्रमुख १ भूमिकामा अशोक दर्जी रहनेछन्। अन्य कलाकारको बारेमा जनाकारी दिईएको छैन। लण्डन निवासी एनआरएन विनय अधिकारीसंग मिलेर टंकले चलचित्रको निर्माण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्