A vertical shot of the black cat in the dark darkness

‘घर ज्वाई’ पोष्टरमा खुलेको दया र मिरुनाको हाँसो


मगर संस्कृतिमा आधारित रहेर तयार पारिएको चलचित्र ‘घर ज्वाई’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगरको जोडी बाँधिएको चलचित्रको पोष्टरमा दुवैको जोडी आकर्षक देखिएको छ । गाउँको परिवेशमा भारी बोकेर दुवै मुस्कुराईरहेको पोष्टर निकै सुन्दर रहेको छ ।

चलचित्रको अर्को पोष्टरमा चलचित्रका सम्पूर्ण कलाकारलाई स्थान दिईएको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र असार २८ गतेबाट रिलिज हुँदैछ। पूर्वी रुकुममा खिचिएको चलचित्रका क्यारेक्टर पोष्टरले चर्चा बटुलिरहेका छन्। जनक घर्ती मगरको निर्माणमा तयार भएको चलचित्रमा वुद्दि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्ग बहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, विना थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ। जीएम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्