A vertical shot of the black cat in the dark darkness

जेठबाट असारमा पुग्यो पूजाको ‘दान्भी’ रिलिज


अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्र ‘दान्भी’ ले नयाँ रिलिज मिति तय गरेको छ। जेठ १० मा रिलिज प्रचार गरिएको चलचित्र अब असार ७ बाट रिलिज हुनेछ । पूजाले हिजो नै आफ्नो समाजिक संजाल मार्फत जेठ १० मा चलचित्र रिलिज नहुने जानकारी गराएकी थिइन्।

यो संगै जेठ १० को त्रिपक्षय भिडन्त टरेको छ। पहिलोपटक पूजा एक्सन भूमिकामा देखिएको चलचित्र मार्गत कुन्साङ्ग बोमजोम नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन्। देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रलाई रुपेश तामाङ्गले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्