‘मनसरा’ प्रचार शैली: कविता कन्सर्ट देखि क्रिकेट मैदानसम्म


बैशाख २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मनसरा’ ले प्रचारको फरक फरक शैली अपनाएको छ। चलचित्रले राष्ट्रव्यापी कविता कन्सर्टको आयोजना गरेको थियो। दर्शक र चलचित्रको टीमसंगको सामिप्यता बढाउन निर्माण टिमले यो प्रकारको कन्सर्टको आयोजना गरेको हो। इटहरीमा पुगेर चलचित्रले कन्सर्टको बिट मारेको छ।

कविता कन्सर्ट संगै क्रिकेट मैदानमा पनि ‘मनसरा’ पुगेको छ। नेपालमा चलिरहेको नेपाल र वेस्ट इन्डिज ए बिचको पहिलो खेलमा चलचित्रको टिमले गुलसन झाको सट अफ दि डे लाई प्रयोजन गरेको छ। दोश्रो खेलमा लोकेश बमलाई सट अफ दि डे प्रदान गरेको थियो। क्रिकेट अहिले नेपालमा सर्वाधिक दर्शकमाझ पुग्न सक्ने माध्यम बनिरहेको छ। दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी लगायतको अभिनय रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले निर्माण गरेका छन्। चलचित्रलाई कार्कीले नै खिचेका हुन्। कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले चलचित्रलाई निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्