बाबुको अधुरो सपना पुरा गर्न छोरीको ‘खोला जस्तो जीवन


गायिका अन्जु श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘खोला जस्तो जिन्दगी’ सार्वजनिक भएको छ । शिव पलासको शब्द रहेको गीतमा टिका दाहालको संगीत रहेको छ।  आफ्नो बुबाको सम्झनामा गायिका अन्जुले गीत निकालेकी हुन्।

 गायिका बनेको हेर्ने सपना बोकेका बाबुको सपना पुरा नहुँदै निधन भएपछी उनको अधुरो सपना पुरा गर्न अन्जु गायनमा सक्रिय रहेकी छिन्।  भिडियोमा उनले आफ्ना बाबुको अधुरो सपना पुरा गरेकी छिन्।

राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोमा अन्जुको साथमा जीवन भट्टराई र स्नेहा भट्टराईको अभिनय रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्