प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको ‘मनसरा’ रिलिज


उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मनसरा’ शुक्रबारबाट रिलिज भएको छ। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्रलाई मल्टिप्लेक्सले आकर्षक शो दिएका छन्। बुधबार काठमाण्डौ र बिहिबार विराटनगरमा चलचित्रको प्रिमियर गरिएको थियो।

दुवै प्रिमियरमा उपस्थित पाहुनाले चलचित्रको खुलेर तारिफ गरेका थिए। बिशेष गरि प्रविन खतिवडा चलचित्रको मुख्य आकर्षण रहेको प्रतिक्रिया मिलिरहेको छ। मिरुना मगर र मेनुका प्रधानको कामको पनि तारिफ मिलेको छ।

चलचित्रको मोफसलमा बिशेष गरि पुर्वका हलमा दर्शकको चाप राम्रो रहेको छ । निर्माता शैलेन्द्र डी कार्कीले दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको र पुर्वी नेपालमा देखिएको दर्शक चाप विस्तारै नेपालभरीका हलमा देखिने विश्वास व्यक्त गरे । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्