चलचित्र निर्देशनको यात्रामा प्रकाश सपुतको डेव्यु, यस्तो छ तयारी


प्रकाश सपुत आफ्नो सांगीतिक सिर्जनाका लागी अब्बल सर्जकको रुपमा गनिने गर्दछन्। उनले आफुले सिर्जना गरेका हरेक गीत सफल बनाएका छन्। समाज र परिवेशलाई समेटेर सृजना गर्न सक्नुनै उनको खुबी हो। उनका सृजनाले चेतना वृद्धिको काम समेत गरिरहेका हुन्छन्। गायनमा आफुलाई स्थापित बनाएका सपुतले ‘परदेशी २’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरे। केहि बर्ष अगाडी सुटिङ्ग भएर दशैँमा रिलिज भएको चलचित्र बक्स अफिसमा सफल बन्यो।

उनले दोश्रो चलचित्र ‘पूर्णबहादुरको सारंगी’ मा काम गर्ने पक्का भैसकेको छ। यो चलचित्रको प्रस्ताव अभिनेत्री केकी अधिकारीलाई पुगिसकेको छ। विजय बरालले दोहोर्याउने चलचित्रको कथामा प्रकाश र अभिनेत्री सहयात्री रहने बुझिएको छ। यहि बीचमा प्रकाशले आफनी कथा र निर्देशनमा चलचित्रले निर्माण गर्दैछन्। उनले प्रकाश सपुतको पहिलो चलचित्र भनेर सामाजिक संजाल मार्फत घोषणा गरिसकेका छन्।

गलबन्दी प्रोडक्सनको प्रस्तुतीमा तयार हुने चलचित्रको औपचारिक घोषणा हुँदैछ। भिडियो मार्फत सम्पूर्ण जानकारी दिने तयारीमा सपुत रहेका छन्। यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहने चर्चा रहेको छ। सार्वजनिक घोषणा भिडियोमा दुवैको दृश्य देख्न सकिने बताईएको छ। स्वस्तिमा र प्रकाशले म्युजिक भिडियोमा संगै सहकार्य गरेका छन्। स्वस्तिमा अभिनयमा आफुलाई भर्सटायल रुपमा प्रस्तुत गरिरहेकी छिन् । प्रकाशका सिर्जना समाजका कथा हुने भएकाले यो चलचित्रको कथावस्तुलाई लिएर चासो र चर्चा सुरु भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्