प्रकाश सपुतको पागलपनमा स्वस्तिमाको विश्वास, ‘वसन्त’ मा फुल्दै दुवैको जोडी


प्रकाश सपुतको सृजना माथिको पागलपन निकै लोभलाग्दो रहेको छ। हरेक सृजनालाई समाज र माटोसंग जोड्न सक्नु उनको कला नै हो । संगीत मार्फत उनले यो कर्म गरेको लामो समय भयो । अव चलचित्र मार्फत पनि उनको पागलपन देखिने पक्का भएको छ। गायक हुँदै नायक बनेका सपुत अव चलचित्र निर्देशक हुने भएका छन्। उनको लेखन, निर्देशन र संगीतमा तयार हुने चलचित्र ‘वसन्त’ को औपचारिक घोषणा भएको छ ।

काठमान्डौमा एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रमा प्रकाश नै मुख्य भूमिकामा रहेका छन्। चलचित्रमा उनको जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्का देखिदैछिन्। गलबन्दी प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको कार्यकारी निर्माताको रुपमा मोहन बिश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन्। सुनिल विक चलचित्रको मुख्य सहायक निर्देशक रहेका छन्। प्रकाश घिमिरे, अनुप बराल, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिनेछ।

अभिनेत्री स्वस्तिमा खड्काले सपुतलाई मेकर र कलाकारको रुपमा आँख चिम्लेर विश्वास गर्न सक्ने बताएकी छिन् । उनले आफ्ना सिर्जनामा जसरि महिला पात्रलाई स्थान र महत्वपूर्ण स्पेस दिनुहुन्छ त्यसको आफ्नु प्रसंसक भएको बताईन्। चलचित्र २०८१ को चैते दशैंमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्