A vertical shot of the black cat in the dark darkness

कस्तो छ दयाहाङ राईको ‘गाउँ आएको बाटो’ को ट्रेलर ?


अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ को मनछुने ट्रेलर सार्वजनिक भएको छ। नबिन सुब्बाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरले बाबु छोराको कथा भनेको छ।

जेठ २५ गतेबाट रिलिज हुने यो चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रशन राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारको अभिनय छ । गाउँमा गाडी पुगेपछि बाबु र छोराको सम्बन्धमा आउने उतारचढावको कथालाई ट्रेलरमा मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ।

अमोद राई र नबिन सुब्बाको निर्माणमा तयार भएको चलचित्रमा महेश राइको कथा, राई र सुब्बाको पटकथा, जोश हेरुमको डीओपी, कवान पुन लेउंगको सम्पादन छ । विभिन्न अन्तराष्ट्रिय महोत्सवमा समेत प्रशंसा र अवार्ड पाएको यो चलचित्रले नेपाली दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्