अनमोल – प्रदिप सम्बन्ध: न दोस्ती न दुस्मनी, हलमा भेट्दा इग्नोर


पछिल्लो समय युवापुस्तामा सर्वाधिक रुचाईएका दुई अभिनेता छन् , अनमोल केसी र प्रदिप खड्का। दुवैको फ्यान क्रेज आकर्षक रहेको छ। निर्माता दुवैलाई लिएर चलचित्र निर्माणका लागी लालायित हुने गर्दछन्। प्रदिपको तुलनामा अनमोल अलिक बढी रिजर्भ रहेका छन्। प्रदिप आफ्नो चलचित्र रिलिजको समय बाहेक पनि मिडिया र अन्य समारोहमा देखिने गर्दछन् । तर अनमोललाई सार्वजनिक कार्यक्रम र मिडियामा पाउन निकै मुस्किल रहेको छ। चलचित्रमा पनि दुवै निकै चुजी रहेका छन्। अनमोल र प्रदिपका चलचित्र हलमा हेर्न दर्शकले बर्ष कुर्न पर्दछ । पछिल्लो समय प्रदिपले लगातार चलचित्र साइन गरिरहेका छन् । अनमोलको पाइपलाइनमा पनि चलचित्र रहेका छन्।

दुवै सर्वाधिक चर्चामा रहने स्टारको सम्बन्ध भने न दोस्ती न दुश्मनी रहेको रहेको छ। भलै दुवैको प्रतिष्पर्धात्मक सम्बन्धको चर्चा सधै हुने गर्दछ। दुवैको भेट पनि एक पटक बाहेक सायदै भएको होला। एक अवार्ड कार्यक्रममा दुवैको साथ भेटबाहेक अन्य औपचारीक वा अनौपचारिक भेटघाट भएको छैन । प्रदिप आफ्ना अन्तर्वार्तामा अनमोलसंग कुनै दुश्मनी नभएको बताउदै आएका छन्। उनी हाम्रो भेटघाट र व्यक्तिगत चिनजान नभएको कारण न दोस्ती न दुस्मनीको सम्बन्ध रहेको बताउछन् । अनमोलको तर्क पनि उस्तै रहेको छ । एक अन्तर्वार्तामा प्रदिपले अनमोलसंग भेट्ने इच्छा समेत बताएका थिए।

तर भेटको माहोल जुर्दा पनि दुवैको भेट सम्भव रहेन । दुवैको चलचित्र हलमा प्रदर्शन भैरहेको छ । भक्तपुरको एक हलमा दुवै एकै जसो समयमा पुगेका थिए। प्रदिप मिडियासंगको अन्तर्वार्तामा हुँदा अनमोलको इन्ट्री भएको थियो । दुवैको उपस्थिति दुवैलाई महसुस भयो तर इग्नोरको भाव देखियो। हलमा संगै चलचित्र प्रदर्शन भएको प्रेसर एकपटक होला तर एकै हलमा दुई स्टारको भेटघाट र बोलचाल भएको भए सायद मित्रताको नयाँ संदेश जाने थियो। खैर यो दुवैको व्यक्तिगत रुचिको बिषय पनि रह्यो होला।

प्रतिक्रिया दिनुहोस्