‘मिड भक्तपुर म्युजिकल फेस्ट´ मा जोन देखि सुशान्तको प्रस्तुती रहने


यहि जेठ १९ गते ‘मिड भक्तपुर म्युजिकल फेस्ट´ आयोजना हुने भएको छ । जोन एन्ड लोकलस् , सुशान्त घिमिरे एन्ड राघा, दि सर्माउन्ट नेपाल र अमेध्यं ब्यान्डहरुले कार्यक्रममा आफ्नो प्रस्तुती फेस्टमा दिनेछन्। राधे राधे स्थित हेरिटेज प्यालेसमा हुने कार्यक्रम हेर्न चाहने दर्शकले अनलाइन टिकट सञ्जाल मार्फत टिकट काट्न सक्नेछन् ।

आफ्नो टिकटले कार्यक्रमको आयोजना गरेको हो । साथै सिद्दपोखरि स्थित होटल प्रिसा रुफटप रेस्टुरेन्ट, सुर्यबिनायक स्थित ड्यापरल्यान्ड गार्मेन्ट फ्याक्ट्रि , प्रोजेक्ट हेड र म्युजिकली नेपालको पनि कार्यक्रममा सहभागिता रहने छ । गायक जोनका हावा जस्तै , फर्कन होला लगायत गीतहरू चर्चामा छन् भने सुशान्तका मन चरी , जिन्दगी सरर गीतहरू हिट छन् ।

प्रतिक्रिया दिनुहोस्