A vertical shot of the black cat in the dark darkness

दया, विपिन र बर्षाको ‘के घर के डेरा’ मा दिपेन्द्रको निर्देशन


कमेडी तथा सोसियल ड्रामा चलचित्र ‘के घर के डेरा’ लाई दिपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा मुख्य भूमिकामा रहनेछन्। दुई बर्ष अगाडी नै घोषित चलचित्र केहि परिवर्तन सहित सुटिङ्गमा जान लागेको हो। काठमाडौं उपत्यकाभित्रै खिचिने चलचित्रको सुटिङ्ग बैशाख तेश्रो सातादेखि गर्ने तयारीमा निर्माण टिम रहेको छ। घर भएका र नभएकाहरुको मनस्थितिलाइ हास्यव्यंग ढंगले चलचित्रमा देखाउने कोसिस रहने निर्देशक खनालले जानकारी दिए । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्ममा युवराज कार्की कार्यकारी निर्माता हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन चलचित्रमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्