A vertical shot of the black cat in the dark darkness

रोचक बन्यो ‘पिताम्बर’ स्टारकाष्ट, दयाहाङ पनि जोडिए


निर्देशक कृषा चौलागाईले आफ्नो दोश्रो निर्देशकीय चलचित्र ‘पिताम्बर’ को स्टारकाष्टलाई रोचक र बलियो बनाउदै लागेकी छन् । एकपछि अर्को स्टार कलाकारको प्रवेश भैरहेको चलचित्रमा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ। कलाकारको लाइनअपले पहिलो चलचित्रमा छाडेका कमजोरीको जवाफ दिन उनि तयार भएको देखिन्छ ।

पहिलो चरणको सुटिङ्ग सम्पन्न गरेर दोश्रो चरणमा जान लागेको चलचित्रमा दयासंगै सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, आर्यन सिग्देल, सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी जस्ता कलाकारहरूको अभिनय रहेनछ। चलचित्रमा दया, सौगात र प्रदिप एकसाथ देखिदैछन्।

चलचित्र दिव्य देव, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव विष्ट, विशाल पहारी लगायत कलाकारको पनि अभिनय रहेनछ। विशाल चौलागाई निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ।

प्रतिक्रिया दिनुहोस्