A vertical shot of the black cat in the dark darkness

दयाहाङ्गसंग ‘रिमै’ गर्न नेपाल आइन् कबड्डीकी मैंया


कबड्डी शृखंलाकी मैंया अर्थात् रिश्मा गुरुङ नयाँ चलचित्र ‘रिमै’ को छायांकनको लागि नेपाल आएकी छन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिश्माले चलचित्रको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताईन्।

‘म लामो समय पश्चात चलचित्रको पर्दामा फर्किदै छु । लामो त होइन मैले बिचमा क्रसरोड नामक चलचित्रमा काम गरेकी थिए । त्यो चलचित्र अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण हुने चलचित्रलाई बिर बहादुर घलेले मिर्नण गर्दैछन् । चलचित्रको असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट छायांकन सुरु गरिने निर्देशक गुरुङले बताए । चलचित्रमा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ ।

‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रको दशैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरुवात गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्