A vertical shot of the black cat in the dark darkness

‘कबड्डी ४’ को रेकर्ड तोड्ने यात्रामा ‘१२ गाउँ’, आफ्नै इतिहास रच्दै ‘छक्का पन्जा ५’


दशैँको फूलपातीको अवसर पारेर रिलिज भएका दुई नेपाली चलचित्र ‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’ ले रेकर्ड तोड व्यापार गरिरहेका छन्। आक्रामक शो र बुकिङ्गको साथमा व्यापार सुरु गरेका दुई नेपाली चलचित्रले व्यावसयिक इतिहास रच्ने पक्का देखिएको छ। पहिलो हप्तामा १० करोड माथिको व्यापारिक आँकडा सार्वजनिक गरेको निर्माण टिमले त्यो पश्चातको व्यापार सार्वजनिक गरेका छैनन्। १२ गाउँ भन्दा बढी शो सहित रिलिज भएको छक्का पन्जा ५ ले १५ करोड माथिको व्यापारिक आँकडा सार्वजनिक गरेको थियो भने पहिलो हप्ता १० करोड माथिको व्यापार भएको १२ गाउँ टिमले जानकारी दिएको थियो।

दोश्रो हप्तापछि बिस्तारै आफ्नो शो बढाउदै लागेको चलचित्र ‘१२ गाउँ’ को लाइफ टाइम कलेक्सनले इतिहास रच्न सक्ने आंकलन गरिएको छ। यो रेकर्डमा छक्का पन्जा ५ पनि रहन सक्छ। यो हप्ताको व्यापारिक आंकडाले दुवै चलचित्रको लाइफ टाइम कलेक्सन कस्तो रहने हो निर्धारित गर्दछ। छक्का पन्जाका हरेक सिरिजले १५ करोड माथी वा बराबरको व्यापार गरेका छन्। रिलिज यो चलचित्र सिरिजको सर्वाधिक कमाई गर्ने पक्का जस्तै रहेको छ।

नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘कबड्डी ४’ रहेको छ। घरेलु बक्स अफिसमा यो चलचित्रले २२ करोड माथिको कामी गरेको आँकडा रहेको छ। यो कमाईलाई चलचित्र ‘१२ गाउँ’ ले जित्ने अनुमान गरिएको छ। वितरकले २२ करोड बराबरको दावी गर्दै आएपनि तिन दिन अगाडीसम्म चलचित्रको व्यापार १८ करोड बराबर रहेको अनुमान छ। यो हप्ता पनि चलचित्रको व्यापार राम्रो भएको कारण चलचित्रले व्यापारमा इतिहास रच्ने अनुमान गरिएको हो।

बक्स अफिस सिस्टम राम्रोसंग लागु नहुँदा र पछिल्लो समय डाटा सार्वजनिक नगरिदा चलचित्रको यकिन कमाई सार्वजनिक हुने गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्