A vertical shot of the black cat in the dark darkness

दर्शकमा कौतुहता थप्दै ‘कार्साङ’ टीम, मुख्य भूमिकामा दया की जितू ?


पौष २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कार्साङ’ ले लगातार चलचित्रका क्यारेक्टर पोष्टर सार्वजनिक गरिरहेको छ। आफ्नो प्रचारप्रसारलाई तीव्रता दिने उद्देश्य सहित चलचित्रको टिमले विभिन्न पोष्टर समयानुसार सार्वजनिक गरिरहेको छ। अभिनेता दयाहाङ राई फिचर्ड पोस्टर पहिले सार्वजनिक गरेको चलचित्रको टिमले दोश्रो पोष्टर अभिनेता जितु नेपालको सार्वजनिक गरेको थियो ।

कमेडी क्यारेक्टरमा आफुलाई स्थापित गरेका जितूको पोष्टर भिन्न र आकर्षक देखिएको थियो । यो संगै निर्माण टीमले जितु नेपाल र दीया मास्के फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । चलचित्रको मुख्य नायकको कौतुहलता दर्शकमा सृजना गर्न निर्माण टिमले लगातार जितूको पोष्टर सार्वजनिक गरेको अनुमान रहेको छ । चलचित्रका मुख्य नायक दया या जितू को हुन् भन्ने कौतुहलता दर्शकमा सृजना होस् भन्ने निर्माण टिमको उद्देश्य रहेको छ।

यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको छ। चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डि तलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । चलचित्रको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्