A vertical shot of the black cat in the dark darkness

दयाहाङको ‘कार्साङ’ ले बढाएको कौतुहलता र भुईमान्छेको कथा


पौष २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कार्साङ’ मा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के लगायतका कलाकर प्रमुख भूमिकामा रहेका छन् । हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको पोस्टर र तस्बिर अनुसार कसको भूमिका के हो भन्ने निश्चित भइसकेको छैन । दर्शक प्रति कौतुहलता जगाउन निर्माण टिमले विभिन्न पोष्टर सार्वजनिक गरिरहेको छ।


सुटिङस्पटबाट बाहिरिएको दयाहाङ र सिर्जना निङलेखुको तस्बिरले दयाहाङ धामीको भूमिकामा छन् कि भन्ने संकेत गरेको थियो । यता, जितु र दयाहाङको पोस्टर बराबरी संख्यामा आउँदा को मुख्य भूमिकामा छन् भन्ने झनै अन्योल देखिएको छ । क्यारेक्टरको लुक्सबाट को प्रमुख भूमिकामा छन् भनेर अनुमान लगाउन सकिने ठाउँ छैन ।

यदि दयाहाङ राई मुख्य भूमिकामा छन् भने धामी बस्ने क्यारेक्टर पनि हिरो हुन्छ भन्ने यो चलचित्रले प्रमाणित गर्नेछ । चरित्रलाई हिरो बनाएर सफलता हासिल गरेका उदाहरणहरु धेरै रहेका छन्। ‘कार्साङ’ का पोष्टरले पनि चलचित्रले भुईमान्छेको कथा बोलेको अनुमान गर्न सकिन्छ ।

यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको छ। चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । चलचित्रमा सह–निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्माता आङछिरिङ शेर्पा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्