मिलनको ‘वर एण्ड बधु’ मा साम्राज्ञी र आंचल


मिलन चाम्सको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘वर एण्ड बधु’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रवेश भएको छ । निर्माण पक्षले नायिका शाहसंग केहि दिन अगाडी लिखित सम्झौता भएको बुझिएको छ। चलचित्रमा यसअगाडी अभिनेत्री आंचल शर्मा र नव- नायक विवेक कर्माचार्य फाइनल भैसकेका छन्। नायिका शाहको प्रवेश संगै चलचित्रको स्टारकाष्ट झन् दरिलो देखिएको छ। वैशाख ३० गतेको स्थानीय निकायको चुनाव सम्पन्न भएसंगै चलचित्रलाई लिएर फ्लोअरमा जाने तयारीमा निर्माण टिम रहेको छ। एलआरके इन्टरटेन्मेन्ट को व्यानरमा चलचित्र निर्माण हुदैछ।

प्रतिक्रिया दिनुहोस्