मल्टिप्लेक्समा खुल्यो ‘कार्साङ’ एडभान्स बुकिङ्ग, कुन हलमा कस्तो छ शोज?
पौष २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कार्साङ’ को अग्रिम बुकिङ्ग खुलेको छ। यम शेर्पाको निर्देशनमा तयार भएको चलचित्रको बुकिङ्ग मंगलबारबाट नै खुलेको हो। करिव ६ महिनापछि दयाहाङ राइको चलचित्र प्रदर्शनमा आउन लागेका कारण पनि यो अपेक्षाकृत रहेको छ।
जातिय र सांस्कृतिक चलचित्रमा दयाले सफलता हासिल गर्दै आएका छन्। चलचित्रको लागि देशको ठुलो मल्टीप्लेक्स चेन क्युफेएक्स ले ५० बढी शो दिएको छ भने एफक्युबले ६ शो दिएको छ । अन्य हलमा चलचित्रको शो खुलेको छैन। बुधबार चलचित्र को अधिकांश शो खुल्ला हुनेछन्। स्वदेशी तथा विदेशी चलचित्र रिलिजको भीड नभएको कारण चलचित्रले आकर्षक शो पाउने अनुमान गरिएको छ। चलचित्रमा दयाहाङ संगै जितु नेपाल, दिया मास्के , सिर्जना सिर्जना निङलेखुले लगायतको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।