‘एक्टर’ ट्रेलर: दुई हिरोइनसंग प्रदिपको केमेष्ट्री, राजबल्लब को कमव्याकमा कस्तो छ दर्शक प्रतिक्रिया ?
माघ १६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलरलाई दर्शकले रुचाएका छन्। शुक्रबार रिलिज भएको चलचित्रको ट्रेलरलाई झन्डै १६ लाख दर्शकले हेरिसकेका छन्। युट्युवमा ट्रेन्डिङमा रहेको ट्रेलर सामाजिक संजालका हरेक प्लेटफर्महरूमा पनि राम्रो चर्चामा रहेको छ । ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको दोश्रो स्थानमा रहेको छ। छोटो भिडियोमा एक इन्टरनेशल सिरिजको कमिक भिडियोको ट्रेलर पहिलो स्थानमा छ ।

दर्शकले ट्रेलर हेरेर बिशेष गरि दुई हिरोइनसंग प्रदिपको केमेष्ट्री, राजबल्लभको भिलेन कमब्याक र दिव्याको डेव्युलाई प्रसंसा गरिरहेका छन्। राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ । यसमा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला लगायतले ट्रेलरलाई प्राण भरेका छन्। सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा दर्शकहरूले यो चलचित्र निश्चय नै हिट हुने बताएका छन् । ट्रेलरले दर्शकहरूलाई यति प्रभावित पारेको छ कि उनीहरू यो चलचित्र अद्भुत हुनेमा पूर्ण विश्वस्त छन् । खड्काको अभिनय कौशलको प्रशंसा गर्दै दर्शकहरूले उनलाई ‘अभिनयको राजा’को उपमा समेत दिएका छन् ।
चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।