A vertical shot of the black cat in the dark darkness

फेथोम ब्यान्डसंग मिलन नेवारको ‘सिरीमा सिरी’ को नयाँ भर्सन


गायिका मिलन नेवारको सफल गीत हो , सिरीमा सिरी। दर्शकले रुचाएको यो गीतको नयाँ भर्सन सार्वजनिक भएको छ। मिलन नेवारको स्वरमा नै फेथोम ब्यान्डको आवाज थपेर नयाँ एरेन्ज सहित गीत सार्वजनिक भएको छ।

फेथोम ब्यान्डले गीतमा र्याप समेत थपेको छ। गीतमा मिलन नेवार, रोशन कालिकोटे र फेथोम ब्यान्ड फिचर्ड रहेका छन्। गीतमा विजय कट्टेलको शब्द संगीत रहेको छ।

रोशन कालिकोटेले निर्देशन गरेको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्