‘२६ करोड’ मा एकसाथ देखिदै पल शाह र प्रदिप खड्का !
किङ्डम नेटवर्कले चलचित्र ‘२६ करोड’ बनाउने जिम्मा लिएसंगै यसमा कलाकारको बिषयलाई लिएर चर्चा सुरुवात भएको छ। रोहित अधिकारिको व्यानरबाट सुभाष भुषालले आफ्नो ब्यानरमा चलचित्र गर्ने सम्झौता केहि दिन अगाडी गरेका थिए। यहि चलचित्रको कारण निर्माता रोहित र निर्देशक दिनेश राउत बीच सम्बन्ध सकारात्मक नरहेको चर्चा चल्ने गर्दछ। किङ्डम नेटवर्कमा निर्देशक राउतले चलचित्र ‘पूजार सार्की’ निर्देशन गरिसकेका छन्।

अव यो चलचित्रमा दुई स्टार नायकले काम गर्ने चर्चा चलिरहेको छ। पूजार सार्कीमा संगै सहकार्य गरेका अभिनेता प्रदिप खड्का र पल शाह यो चलचित्रमा देखिने चर्चा रहेको छ। विकास सुवेदीको लेखनमा तयार भएको चलचित्र ‘प्रकाश’ र ‘पूजार सार्की’ मा प्रदिप खड्काले काम गरेका छन्।
यी दुवै चलचित्र प्रदिपको करियरका स्मरणीय चलचित्र हुन्। विकास र पलको सम्बन्ध निकै पुरानो रहेको छ। ‘२६ करोड’ लाई विकासले नै निर्देशन गर्ने चर्चा रहेको छ। विकासले निर्देशन गरेमा यो उनको डेव्यु निर्देशकीय चलचित्र हुनेछ। त्यसो गर्दा पल र प्रदिप पनि विकासको निर्देशनलाई हौसला दिन तयार हुने पक्का जस्तै छ ।
जे होस् चर्चामा पल र प्रदिपको सहकार्य हुने भएपछी चलचित्र ‘२६ करोड’ माथि दर्शकको चासो भने पक्कै बढ्नेछ।