हरिवंश आचार्यको दमदार अभिनयमा ‘भुठान’ टिजर


चलचित्र ‘भुठान’ को टिजर सार्वजनिक भएको छ। भूठान शव्दले कुनै समय आफ्नो घर रहेको तर अहिले हराईसकेको वा परिवर्तन भईसकेको स्थान भन्ने बुझाउँछ । टिजरमा अभिनेता हरिवंश आचार्यलाई दर्शकले नयाँ रुपमा पाएका छन्। उनको अभिनयले दर्शकको मन जितिरहेको छ।


अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर भाव र मुद्रामा देखिएका छन् जहाँ उनी आफनो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाईएको छ । ट्रेलरले समलैंगिक सम्वन्धलाई पनि छोएको छ। हलिउडका विश्वविख्यात अभिनेता ब्रूस डर्न पनि पहिलो पटक नेपाली निर्देशकले बनाएको चलचित्रमा देखिएका छन्। चलचित्रमा हरिवंशको साथमा दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, जोयस पाण्डे, अनुराधा मजुमदार, अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ। अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्र हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको छ।


सन् २०१९ मा ९२ औं अस्कर अवार्डको लागि नेपालबाट मनोनित चलचित्र “बुलबुल” निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको निर्देशनमा यो चलचित्र बनेको हो।
चलचित्रको निर्मातामा अविरल थापा,राजेन्द्र ठकुराठी,अमिताव जोशी, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी , कौशिला खनाल –कर्माचार्य,रमेश भट्ट,अपार श्रेष्ठ ,भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, , प्रदीप शर्मा (बडाईं),राजु पौडेल,रविन पोखरेल र नवराज पराजुली छन् ।


चलचित्रमा सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन रहेको छ। यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । चलचित्रले भुटानदेखि नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र थातथलो छोडेर विदेशमा बस्नुपर्दा आफनो जन्म घर हराएको सबै आप्रवासीको पिडा प्रस्तुत गरेको छ । यो चलचित्र वैशाख १२ ,२०८२ मा संसारभर प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्