कान्सको रेडकार्पेटमा रेड गाउनमा आकर्षक सुरक्षा (फोटो फिचर)


फिल्म र फिल्मसंग सम्बन्धित व्यक्तित्वका लागी कान्स फिल्म्स फेस्टिबल निकै चासोको फेस्टिबल रहने गर्दछ। रेड कार्पेट देखि फिल्मको स्क्रिनिङ्गसम्म निकै चर्चामा रहने यो फेस्टिबलको रेड कार्पेटमा अभिनेत्री सुरक्षा पन्त पुगेकी छिन्।

अभियानमा आफुलाई अव्वल सावित गरेकी सुरक्षा आफु अभिनित चलचित्रको प्रिमियर सहित रेड कार्पेटमा हिड्ने पहिलो नेपाली अभिनेत्री बनेकी छिन्। उनि अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ को प्रिमियर सम्पन्न भएको छ।

रातो गाउनमा सजिएर पुगेकी सुरक्षा निकै आकर्षक देखिएकी छिन् । प्रिमियरमा उनि संगै निर्देशकद्धय फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्स र कलाकारले भाग लिएका थिए ।

नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा मुख्य भूमिकामा रहेकी सुरक्षा कान्स फेस्टिबलका लागी हिजो फ्रान्स पुगेकी थिइन्। यो पटक कान्समा नेपाली चलचित्र लोरी समेत छनोट भएको छ।

प्रतिक्रिया दिनुहोस्