‘पिलेन उडाउनी’ मा नाजिर र स्मारिका


गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ बजारमा ल्याएका छन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकालको अभिनय रहेको छ । यो गीत रिलिज कार्यक्रममा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा प्रमुख अतिथि र पूर्वमन्त्री एसपी कोइराला विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

गीत रिलिज कार्यक्रममा बोल्दै प्रमुख अतिथि शम्भुजित बास्कोटाले गीतको अडियो तथा भिडियो सुन्दर बनेको प्रतिक्रिया दिए ।यो गीतमा गायिका अस्मिता अधिकारी र सुरज गुप्ताको स्वर छ ।

यो गीतको भिडियोलाई राज कुमारले निर्देशन तथा सम्पादन गरेका छन् । गीतलाई बुद्ध थापाले छायांकन गरेका हुन् । डिएन गुप्ता निर्माता रहेको गीतको सहनिर्माता निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्