सुपरस्टार प्रदिप खड्का: जन्मदिनमा एक्सनप्याक ‘पिताम्बर’ टिजर रिलिज
नेपाली चलचित्र क्षेत्रको पछिल्लो पुस्तामा गर्विलो नाम बनिसकेको छ, प्रदिप खड्का। भिन्न पात्र र चरित्रमा रमाउने प्रदिपले आफुलाई चकलेटी रोमकोम अभिनेता भन्दा माथिल्लो स्थानमा आफुलाई स्थापित गरिरहेका छन्। व्यावसायिकताको पाटोलाई पर राखेर पात्रको जोखिम मोल्ने कोसिसमा प्रदिप रहेका छन्। उनै प्रदिपको आज जन्मदिन। उनको जन्मदिनको अवसर पारेर चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘पिताम्बर’ को नयाँ टिजर सार्वजनिक भएको छ। टिजरमा प्रदिप नै केन्द्रमा रहेका छन् र उनको दृश्यहरुलाई मात्र स्थान दिईएको छ। प्रदिपलाई चलचित्रको टिमले सुपरस्टारको ट्याग दिएको छ।

प्रदीपले ‘पिताम्बर’मा विभिन्न समयमा दिएका एक्सन स्टन्टलाई टिजरमा प्राथमिकता दिइएको छ । केही दृश्यमा उनलाई सामान्य अवस्थाको पनि देखाइएको छ । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय रहेको छ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई कृषा चौलागाईले निर्देशन गरेकी छन्। चलचित्रमा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । चलचित्रमा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, हिमाल केसीको द्वन्द्व छ ।